ईन्द्रावती गाउँपालिका भित्रका बजारमा अनुगमन

19

सिन्धुपाल्चोक – नेपालीहरुको महान पर्व बडादशैं नजिकिंदै गर्दा मुलुकभरका बजार क्षेत्र अव्यवस्थित बन्दै गएको छ । व्यापार व्यवसाय तथा उद्योगहरुबाट हुन सक्ने अनियमितता, कालोबजारी नियन्त्रणका लागि स्थानीय सरकारले अनुगमनलाई तीब्रता दिएको ।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका क्षेत्रभित्रका बजार क्षेत्रहरु नवलपुर बजार, भेडिचौर, जिरोकिलो, ज्यामिरेमाने, देउराली, सिपापोखरे तथा भिमटार बजार क्षेत्र अनुगमन गर्ने गाउँपालिकाले अनुगमन गरेको छ ।

ईन्द्रावती गाउँपालिका कार्यालय नवलपुरका उद्योग तथा व्यवसाय प्रबद्र्धन शाखा प्रमुख नवराज राउतको संयोजकत्वमा नवलपुर प्राथमिक अस्पतालका डा. धर्मेन्द्र पाण्डे, गाउँपालिका अधिकृत श्री सुजता गौतम, ईलाका प्रहरी कार्यालय नवलपुरका प्र.ना.नि श्री भिमसेन प्रसाद न्यौपाने, प्र.ना.नि. श्री कमल थापामगर, प्र.स.नि. श्री प्रमोद कार्की र प्र.ह. श्री विमला पोखरेलको सहभागितामा बजार अनुगमन गरिएको हो ।

सो गाउँपालिका क्षेत्रका १ सय १० वटा पसल तथा व्यवसायीक र्फममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा धेरै जसो व्यवसायहरु दर्ता नगरी सञ्चालनमा रहेका, इजाजत लिनुपर्ने व्यवसायहरु इजाजत नलिइएको, एक उद्देश्य राखेर दर्ता गरिएको तर बहुउद्धेश्यीय कारोबार गरिएको, व्यवस्थापन तथा सरसफाई पक्ष अन्यन्तै कमजोर रहेको, म्याद गुज्रिएका तथा सडेगलेका सामाग्रीको समेत विक्री वितरण गरेको साथै औषधी एवं विषदी जन्य पदार्थ समेत अनुमति तथा इजाजत नलिई बिक्री गरिरहेको लगायत कैफियत भेटिएको छ ।

अनिवार्य रुपमा दर्ता गर्नु पर्ने प्यान, तथा अन्तशुल्क लिई कारोबार गर्नुपर्ने मालसामानहरुको समेत बिना कुनै अनुमति वा इजाजत कारोबार गरी अव्यवस्थित तथा अनियमित भएको बजारलाई व्यवस्थित बनाउनु पर्ने उनले बताए ।

कालोबजारी तथा उपभोक्ता हित संरक्षण विपरीतका क्रियाकलापहरुलाई नियमन तथा नियन्त्रण गरी व्यवसाय तथा व्यवसायीलाई नियमन गर्नका लागि गाउँपालिकाको तर्फबाट गरिएको पहिलो अनुगमनले व्यवसायिहरुलाई व्यक्तिगत रुपमा सल्लाह सुझाव र सुधारका लागि निर्देशन दिएको छ ।

एक महिना भित्र प्रकृया पु¥याई दर्ता तथा नवीकरण गर्नुपर्ने, साथै व्यवस्थापन तथा सरसफाईलाई सुधार गर्ने अनुगमन टोलीको तर्फबाट पहिलो पटकका लागि कडा निर्देशन दिएको जनाएको छ । अर्को अनुगमन गर्दा समेत यस्तै अवस्था भेटिएमा व्यवसाय नै सिल गर्न सकिने समेत दिएका छन् ।

साथै, ईन्द्रावती गाउँपालिकाका स्थानीय तहलाई सफा र स्वच्छ खाद्यान्नको व्यवस्था गर्न तथा अव्यवस्थित एवं अनियमित बजारलाई व्यवस्थित गर्न चाडपर्वमा मात्र नभई नियमित रुपमा थप कडाइका साथ गाउँपालिकाले बजार अनुगमन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए ।

समाचार वर्गहरू