एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिकको बन्दसूची, को-को परे ?

73

काठमाडौं – नेकपा एमालेले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन विभागका प्रमुख निरज आचार्यको टोलीले तीन पुस्ताको संयोजन गरेर आयोगमा ११० जनाको बन्दसूची बुझाएको जानकारी दिए।

स्रोतका अनुसार एमालेले पुरानो पुस्तामा रामबहादुर थापा बादल, गुरु बराल, पुष्प कँडेल लगायतका छन्। महिलातर्फ पद्मा अर्याल, टुका हमाल, निरुपाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतको सहभागिता छ।

पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी ८ जना प्रतिनिधित्वमा परेका छन्। अपाङ्गता भएका समुदायबाट रामबहादुर थापा र यसुदा बराल पनि समानुपातिक सूचीमार्फत समावेश गरिएको एमालेले जनाएको छ।

नयाँ पुस्ताबाट निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवालगायतका युवा नेताहरू पनि सूचीमा अटाएका छन्। दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत युवा तथा समावेशी अनुहारलाई अवसर दिइएको छ।

एमालेको मुस्लिमबाट साजिदा सिद्दीकी, मोहम्मद हारून लगायतको नाम रहेको बताइएको छ।

समाचार वर्गहरू