एमाले महाधिवेशनः मतदान सुरु, सम्पन्न हुन कम्तीमा ८ घण्टा लाग्ने

85
फोटो - ‌ओलीको सचिवालय

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको छ । आज ८ बजेदेखि मतदान सुुरु हुने भनिए पनि अहिलेसम्म सुरु हुनसकेको छैन ।

मतदानस्थलमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल आइपुुगिसकेका छन् भने केपी ओली आउँदैछन् । ओली आएपछि मात्र मतदान सुरु हुनेछ ।

एमालेको नेतृत्व चयन विद्युतीय मतदान मेसिनमार्फत गरिँदैछ । निर्वाचन समितिका अनुसार सम्पूर्ण मतदान प्रक्रिया सम्पन्न हुन कम्तीमा ८ घण्टा लाग्ने अनुमान गरिएको छ ।

यसअघि मंगलबार नै मतदान हुने भनिए पनि प्राविधिक कारण र अत्यधिक जाडो बढेको भन्दै मतदान आज बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

महाधिवेशनका क्रममा मतदातालाई कुनै असुविधा नहोस् भनेर मतदानस्थलमै खाजा र खानाको व्यवस्था गरिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

समाचार वर्गहरू