एसइई नतिजाको प्रतीक्षामा रहेकी बालिकाको भीरबाट लडेर मृत्यु

172
फाइल फोटो

काठमाडौं – रूकुम पश्चिममा भीरबाट लडेर एक जना किशोरीको मृत्यु भएको छ।

रुकुमको आठबिसकोट नगरपालिका- ९ घर भई आठबिसकोट- ७ ज्यामिरेकी १६ वर्षीया किशोरी बालिका खत्रीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले जानकारी दिए।

विष्टका अनुसार बिहीबार बिहान सवा ८ बजेतिर खानेपानीको पाइप जोड्ने क्रममा चिप्लिएर भीरबाट लड्दा उनी झन्डै १५ मिटर मुनि खसेकी थिइन्।

उपचारका क्रममा बिहान दश बजेतिर उनको मृत्यु भएको डिएसपी विष्टले बताए। स्थानीय विद्यालयबाटै एसइई परीक्षा दिएकी बालिका एसइई नतिजा प्रकाशन हुने समयको तीव्र प्रतिक्षामा थिइन‍्।

समाचार वर्गहरू