एसईई शुक्रबारदेखि,पाँच लाख १६ हजार ५७७ जना सहभागी हुने

30

काठमाडौं – २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ।

चैत १७ देखि २९ गतेसम्म बिहान ८ बजेदेखि सञ्चालन हुने उक्त परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ।

प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। हरेक प्रदेशमा फरक प्रश्न सोधिने एसइई परिक्षाकोलागी  देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनिवार्य विज्ञान विषयको नतिजा उकास्न यस पटकदेखि एक दिन बिदा दिइएको छ। चैत २१ गते बिदा दिएर चैत २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिने भएको छ।

यो बर्ष दृष्टिविहीन विद्यार्थीले आफू अध्ययन गरेकै विद्यालयबाट एसईईमा सम्मिलित हुन पाउने भएका छन्। त्यस्ता विद्यार्थीलाई सहज होस् भनेर अध्ययन गरेकै विद्यालयलाई उपकेन्द्र कायम गरिएको कार्यालयले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू