ओमानविरुद्ध नेपाल ८ विकेटले पराजित

50

मध्यबिन्दु/काठमाडौं – आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग दोस्रो पटक परजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । गत बुधबार भएको पहिलो खेलमा पनि नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो ।

नेपालले दिएको २५० रनको लक्ष्य पछ्याएको ओमानले ४७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । ओमानलाई जित दिलाउन अकिब इलासले अविजित रहँदै ११२ बलमा १०९ रनको शतकीय इनिङ्स खेले । कप्तान जिशन मक्सुदले ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा अवर अलीले ४१ तथा जितेन्दर सिंहले २३ रन बनाए ।
नेपालका लागि सुशन भारी र कुशल मल्लले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रनको लक्ष्य दिएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा पारस खड्का खड्काले ३८ तथा विनोद भण्डारीले ३५ रन बनाए ।
ओमानका अकिब इलास एक्लैले ४ विकेट लिँदा मोहम नदीमले ३ विकेट लिए ।

आजको जितसँगै ओमान १४ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलबाट २ अंक मात्र जोडेको नेपाल छैठौं स्थानमा छ ।

समाचार वर्गहरू