कतारमा युद्वसम्बन्धी अफवाह फैलाएको आरोपमा १९४ जना पक्राउ

9

काठमाडौँ — कतारको आन्तरिक मन्त्रालयले युद्वसम्बन्धी भ्रामक सूचना र अफवाह फैलाएको आरोपमा विभिन्न देशका १९४ जनालाई पक्राउ गरेको जनाएको छ। अपराध अनुसन्धान महानिर्शेनालयको आर्थिक तथा साइबर अपराध नियन्त्रण विभागले ईरानले कतारमा पठाएको मिसाईलको भिडियो खिच्ने, ती भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्ने तथा भ्रामक सूचना र अफवाह फैलाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

यस्ता सामग्रीले सार्वजनिक धारणा भड्काउने र सम्बन्धित निकायले जारी गरेका निर्देशन उल्लंघन गर्ने भएकाले उनीहरूमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही सुरु गरिएको मन्त्रालयले जनाएको छ। आन्तरिक मन्त्रालयले हाल चलिरहेका घटनाक्रमसँग सम्बन्धित भिडियो खिच्ने, सेयर गर्ने वा अफवाह फैलाउने कार्य नगर्न सबैलाई चेतावनी दिएको छ।

मन्त्रालयले आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्रै प्रयोग गर्न र भ्रामक सामग्री प्रसारण नगर्न पनि आग्रह गरेको छ। त्यस्ता सामग्रीले सार्वजनिक धारणा प्रभावित पार्न सक्ने भन्दै नियम उल्लंघन गर्नेहरूमाथि आवश्यक कानुनी कारबाही गर्न मन्त्रालय पछि नहट्ने जनाएको छ।

समाचार वर्गहरू