करेण्ट लागेर दाङमा एकको मृत्यु

16

(दाङ) – करेण्ट लागेर दाङको तुलसीपुरमा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपहानगरपालिका १० पड्डाका ४७ वर्षीय टिकाराम भण्डारीको घरमा कुवाबाट पानी तान्न मोटर चलाउने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।

करेण्ट लागेर गम्भिर घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए ।

समाचार वर्गहरू