काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आगामी बुधबार बस्ने भएको छ। सोमबार बस्ने भनिएको बैठक कोरोना परीक्षणपछिमात्र बस्ने भनिएपछि बैठक स्थगित भएको हो ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले कोरोनाको पीसीआर परीक्षणपछि बुधबार बैठक बस्ने जानकारी दिए।
आगामी भदौ पहिलो साता महाधिवेशनको मिति तोकेर कार्यतालिकाअनुसार काम गरिरहेको काँग्रेसले महाधिवेशनकै विषयमा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।
चैत मशान्तसम्म क्रियाशील सदस्यताको विषय टुंग्याउने भनिए पनि सो मितिमा क्रियाशील सदस्यताको विषय नटुंगिएपछि आगामी बुधबारसम्मका लागि म्याद थपिएको छ।
कोरोना महामारीको दोस्रो लहर शुरु भएकाले भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने कानुनी बाध्यतामा रहेको काँग्रेसलाई संकट परेको छ।