कांग्रेसको विशेष महाधिवेशनमा यि नेताहरुको भयो सहभागीता

5

काठमाडौं स् कांग्रेस विशेष महाधिवेशन सुरू भएको छ। आइतबार काठमाडौंको भृकुटीमण्डपमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन्। उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरेका हुन्।

​​​उदघाटन भएसँगै विशेष महाधिवेशन औ‍पचारिक रुपमा सुरू भएको छ। विशेष महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुर सहभागी छन्। त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, पूर्वसभामुख तारानाथ रानाभाट केन्द्रीय सदस्यहरू प्रदीप पौडेल, चन्द्र भण्डारी, भरत शाह, बहादुरसिंह लामा, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली, अजयबाबु शिवाकोटी, ध्रुव वाग्ले, अर्जुन जोशी, डा डिला सङ्ग्रौला पन्त, महेश आचार्य, तारामान गुरुङ, मधु आचार्य, मुक्ता यादव, पुष्पा भुसाल, आङगेलु शेर्पा, अमृत अर्याल, गोपाल दहित, मोहन आचार्य र महेन्द्रकुमार राय सहभागी छन्।

त्यस्तै चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सतार,उदय शमशेर राणा,नानु बास्तोला, योगेन्द्र चौधरी र विनोद चौधरी पनि महाधिवेशन स्थलमा आइपुगेका छन् । पुराना नेताहरू ओमकारप्रसाद श्रेष्ठ र सुधीर सिवाकोटी पनि महाधिवेशनमा सहभागी छन्। विशेष महाधिवेशनका लागि हालसम्म एक हजार ३२७ जनाले हस्ताक्षर गरेका छन्।

समाचार वर्गहरू