कांग्रेसनिकट अपांग संघको चुनावमा लफडा, अध्यक्षका दुई जना उम्मेदवार प्रहरीको कब्जामा

705

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघको नयाँ नेतृत्वका लागि भएको चुनावमा लफडा भएको छ ।

पार्टी कार्यालय सानेपामा जारी पहिलो महाधिवेशनका क्रममा शनिबार नयाँ नेतृत्व चयनका मतदान भएको हो । तर, अध्यक्षका उम्मेदवार प्रहरीले उम्मेदवारद्वय खड्का र थापालाई कोठामा थुनेर राखेको छ भने कल्पना खड्का र विकास थापाको बहिष्कारका बाबजुद एकलौटी मतदान गरिएको छ ।

प्रतिनिधिहरूले अपांगमैत्री भोटिङ मेसिन हुनुपर्ने माग राखेका पनि पार्टीका केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा रहेको निर्देशक समितिले भने त्यो माग सुनुवाइ नगरेपछि खड्का र थापा समूहले मतदान बहिस्कार गरेका हुन् । यसअघि निर्देशक समितिका संयोजक आचार्यले भोटिङ मेसिन राख्ने मौखिक सहमति गरे पनि शनिबार मतदानको दिन भने कार्यान्वयन नगरेको बहिस्कार पक्षको भनाइ छ ।

आँखाका अपांगता भएकाहरूको मतमा समस्या उत्पन्न हुने भन्दै यसअघि नै भोटिङ मेसिन प्रयोग गर्ने विषयमा निर्वाचन समिति पनि तयार रहेको जनाइएको छ । र निर्देशक समितिले सुरुमा सहमति गरे पनि कार्यान्वयनमा भने सहयोग नगरेको आरोप छ ।

खड्का र थापापक्षले चुनाव बहिस्कार गरे पनि निर्वाचन समितिले मतदान प्रक्रिया भने जारी राखेको छ । अध्यक्षमा खड्का, थापा र माधव चौम्लगाईं उम्मेदवार छन् । थापा शेखर कोइरालानिकट उम्मेदवार हुन् भने चौम्लगाईं महामन्त्री गगन थापानिकट उम्मेदवार हुन् ।

समाचार वर्गहरू