कांग्रेसमा विशेष महाधिवेशन र संस्थापन पक्ष वार्ता गर्न समिति गठन

30

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग संस्थापन पक्षले आज वार्ता गर्ने भएको छ ।

यसका लागि कांग्रेसले संस्थापन पक्षबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाणलाई जिम्मेवारी दिएको छ ।

विशेष महाधिवेशन पक्षबाट भने प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी हुँदैछन् ।

विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएनन् ।

सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश समेत निकटस्थहरूमार्फत् दिइरहेका बेला प्रतिनिधिको हस्ताक्षर संख्या बढेपछि सभापति देउवा दबाबमा छन् ।

समाचार वर्गहरू