काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। भोलि बिहान भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए। बैठकमा प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका, पार्टीको सार्वजनिक कार्यक्रम व्यवस्थापन र केन्द्रीय अनुशासन समिति गठनबारे छलफल हुने उनले बताए।