कांग्रेसले मधेशबाट सुरु गर्यो चुनावी समीक्षा

53

काठमाडौं । नेपाली कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षात्मक कार्यक्रम आजबाट सुरु गरेको छ। पार्टीको निर्णय अनुसार कांग्रेस सभापति गगन थापाको नेतृत्वमा मधेश प्रदेशबाट चुनावी समीक्षा थालेको हो।

आज जनकपुरमा भएको कार्यक्रममा सभापति थापासहित उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री फरमुल्ला मन्सुर, डा.डिला संग्रौलालगायत शीर्ष नेताहरू सहभागी थिए।

फागुन २१ को निर्वाचनमा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहसँग चुनाव हारेपछि सभापति थापा आज पहिलो पटक मधेश झरेका हुन्।

समीक्षा कार्यक्रममा सबै क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशका केन्द्रीय सदस्य, समानुपातिक तर्फका उम्मेदवार, प्रदेशका पदाधिकारीहरू पनि सहभागी भएका छन्।

कांग्रेसले अब चैत २७ गते पोखरा, २९ गते बुटवल, वैशाख ३ गते सुर्खेत, वैशाख ५ गते धनगढी, वैशाख ७ गते हेटौँडा र वैशाख ९ गते विराटनगरमा चुनावी समीक्षा कार्यक्रम गर्दै छ।

समाचार वर्गहरू