काठमाडौं – नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदको उम्मेदवार बनेका वासुदेव जंगली घिमिरेविरुद्ध उजुरी परेको छ ।
अपाङ्ग कोटाबाट उम्मेदवार बनेका जंगलीविरुद्ध बिहीबार प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा उजुरी परेको निर्वाचन कार्यालयमा सूचना अधिकारी गेहेन्द्र कुँवर जानकारी दिएका छन् ।
उनकै पदका प्रत्याशी नेपाली कम्युनिस्ट पार्टीका सजन विकले उजुरी दिएका हुन् । उजुरीमा उनी अपाङ्ग नभई नक्कली परिचय पत्र बनाइएको आरोप छ । वासुदेवले घ वर्गको अपाङ्ग परिचय पत्र राखेको उनका निकटस्थहरूले जनाएका छन् ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि घिमिरेले अपाङ्ग, केसीले अन्य र झाक्रीले महिला कोटामा उम्मेदवारी दर्ता गराएका थिए।