कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिकतर्फका सांसद टुंग्याउने

73

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

समानुपातिकतर्फ निर्वाचित हुने २० सांसदको सूची बुझाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरूलाई डाकिएको छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,” कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भनेका छन् ।

‘समानुपातिक बन्दसूचीमा रहेका उमेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने’ एजेन्डा राखिएको छ ।

समाचार वर्गहरू