कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने

41

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार बिहान ११ बजेकालागि बैठक बोलाएका हुन् ।

पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन निर्देशन दिइएको मुख्य सचिव कृष्ण पौडेलले बताए ।

मुख्य सचिव पौडेलले जारी गरेको केन्द्रीय कार्यसमितिको बैठकसम्बन्धी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि २०८२ पुस २९ गते मंगलबारका दिन बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि अहिले कांग्रेसमा विवाद बढ्दै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको बन्दसत्र जारी रहेको छ ।

समाचार वर्गहरू