कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने

49
फाइल फोटो

काठमाडौं – कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्ने भएको छ ।

गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा बिहिबार केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ-आफ्नो धारणा राखेका थिए ।

पार्टीको अर्को बैठक यही कात्तिक २९ गते दिउँसो २० बजे केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी बिहीबारको बैठक सम्पन्न भएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

समाचार वर्गहरू