कांग्रेस विशेषको पक्षमा ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्‍याउने दाबी

21

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए ।

सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज हाम्रो चाहिँ ६.२४ प्रतिशत संख्या बढेको छ । हिजो हाम्रो २६ सय ६२ थियो । त्यसमा ६.२४ भन्दाखेरि ६३ प्रतिशत साथीहरूले आज हस्ताक्षर गरेका छन् । प्रतिनिधि अझै आउने क्रम जारी छ । हामी ७० प्रतिशत पुर्‍याएर देखाइदिन्छौँ ।’

यसै गरी नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन मङ्गलवार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने उनले बताए ।

समाचार वर्गहरू