कांग्रेस सभापति थापा सम्मानित

79

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ।

नेपाल लोकतान्त्रिक होटल व्यवसायी संघले पार्टीको दोस्रो विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएकामा थापालाई खादा र प्रमाणपत्रद्वारा सम्मान गरेको हो।

संघका केन्द्रीय अध्यक्ष लिलाप्रसाद ढकालसहित संघका पदाधिकारी तथा सदस्यहरुको टोलीले लोकतन्त्र, सुशासन, सामाजिक न्याय, समृद्ध नेपालको दृढ संकल्पसहित अघि बढेर नेतृत्वदायी भूमिका खेलेको भन्दै सभापति थापालाई सम्मान गरेका हुन्।

संघले होटल, पर्यटन र व्यवसायी क्षेत्रको संरक्षणमा नेपाली कांग्रेसले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा कांग्रेसले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

समाचार वर्गहरू