काउनद्वारा दुई दिवसीय ‘मुद्दामा आधारित’ तालिम सम्पन्न

394

काठमाडौं – नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) केन्द्रिय समितीले दुई दिवसीय मुद्दामा आधारित तालिम भाद्र ४ र ५ गते काठमाडौंमा सम्पन्न गरेको छ ।

केन्द्रिय समितिका का पदाधिकारी सदस्य तथा १० जिल्ला समिती अध्यक्ष सहित ४० जना सहभागी लाई सामाजिक सुरक्षा , ब्यबसायजन्य स्वास्थ्य र सुरक्षा, जलबायु परीबर्तन र न्यायोचित रुपन्तरण , पन्जिकरण र सङ्गठन बिस्तार , गुनासो सुनुवाइ तथा समाधान बिषयको बुझाइ र ग्यानमा एकरुपकता ल्याउने उद्देस्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल ट्रेडयुनियन काङ्ग्रेस राष्ट्रिय समिती अध्यक्ष श्री योगेन्द्र कुमार कुँवरले स्थानीय तह सम्म सङघको संरचना बिकास गर्दै सदस्यता बिस्तारको अथाह सम्भावना रहेको निर्माण क्षेत्रको नेतृत्व गरिरहेको बताए ।उनले सबै आबद्ध संघ हरुको अडिट गरिने र पहिलेको सदस्य सङ्ख्या भन्दापनी नयाँ बिबरण तयार गर्दै आवद्ध संघ हरुको सदस्यता लगायतका बिषय अडिट गरीने उनको भनाइ थियो ।

कार्यक्रममा NTUC बरिष्ठ उपाध्यक्ष तेजेन्द्र जङ्ग कार्किले काउनले अहिलेको जटिल परिस्थिति मा पनि आफ्ना गतिबिधिहरु सन्चालन गरेर संघ लाई परिचालित गर्दै सदस्स्यता वृद्धि , सामाजिक सुरक्षा , जलबायु परिवर्टन तथा ब्यबसाय जन्य स्वास्थ्य र सुरक्षा , श्रमिक पन्जिकरण तथा सङ्गठन बिस्तार जस्ता महत्त्वपूर्ण तालिम समेत सन्चालन गरिरहेकोमा धन्यबाद ब्यक्त गरेका थिए ।

संघका अध्यक्ष प्रादिप आचार्यको सभापतित्वमा र महासचिब हरी शरण लम्सालले सन्चालन गरेको कार्यक्रममा NTUT केन्द्रिय महिला उपाध्यक्ष राधिका कुइँकेल , महासचिब अजय कुमार राई र भिमदत्त नगरपालिका कैलालीका नगर उपप्रमुख निलम लेखक जोशीले कार्यक्रमको सफलताको शुभकामना सहित आफ्नो धारणा राखेका थिए।

भाद्र ४ र ५ मा सम्पन्न तालिम मा सामाजिक सुरक्षा कोष का अधिकृत श्री ऋषि राम पाण्डे ले असङ्गठित तथा स्वरोजगार श्रमिकका लागि सामाजिक सुरक्षा सम्बन्धी ब्यबस्था , योगदान गर्ने तरीका तथा प्राप्त गर्ने सुबिधा लगायतका बिषयमा , NTUC कोषाध्यक्ष सन्जय कुमार दाहाल ले ब्यबसाय जन्य स्वास्थ्य र सुरक्षाको बिषयमा सहजिकरण गरेका थिए ।

यसैगरी NTUC युवासमिती अध्यक्ष दिपेन्द्र सुनुवारले जलबायु परिबर्तन र न्यायोचित रुपान्तरण , काउन बरिष्ठ सल्लाहकार NTUC केन्द्रिय सदस्य धुर्बचन्द्र गौतम ले श्रमिक पन्जिकरण र सङ्गठन बिस्तार र संघ का अध्यक्ष प्रदिप आचार्यले गुनासो सुनुवाइ र ब्यबस्थापन सम्बन्धी बिषयमा सहजिकरण गरेका थिए ।

समाचार वर्गहरू