काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ नयाँपाटीमा एक युवकको हत्या आरोपमा पाँचजना पक्राउ परेका छन्।
किनारा पसलमा बसिरहेको वेला ३७ वर्षीय बलिन्द्रप्रकाश राईलाई कुटपिट गरी हत्या भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वैशाख ३० गते राति करिब ९ बजे गोकर्णेश्वरमा ३७ वर्षीय बलिन्द्र प्रकाश राईमाथि आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा फरार रहेका पाँच जनालाई विभिन्न मितिमा पक्राउ गरिएको हो। पक्राउ परेका सबै अभियुक्तविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ।
यी हुन् पक्राउ परेका अभियुक्तहरू –
१) प्रविण तामाङ – २९ वर्ष, रामेछाप सुनापती गाउँपालिका–४ स्थायी घर, हाल गोकर्णेश्वर–१, काठमाडौं
२) समिर वाईवा तामाङ – २३ वर्ष, सर्लाही बागमती गाउँपालिका–३ स्थायी घर, हाल गोकर्णेश्वर–२
३) अभिषेक वाईवा तामाङ – २६ वर्ष, स्थायी तथा हालको ठेगाना खुलाइएको छैन
४) दिपेन्द्र भुजेल – २९ वर्ष, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ स्थायी घर
५) अनुराग तामाङ – २८ वर्ष, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–७ स्थायी घर