काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर खोटाङमा दुर्घटना (भिडियो सहित)

5

काठमाडौं । खोटाङमा एअर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएको खबर प्राप्त भएको छ। केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलीकप्टर दुर्घटना भएको बताइएको छ । काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर दुर्घटनामा परेको हो ।

मानवीय क्षति नभएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। पिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्याण्ड गर्नेक्रममा दुर्घटना भएको हो । शुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलिकप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।

जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले दुर्घटना भएको बताए । उनले दुर्घटनामा काजीबहादुर राई घाइते भएको बताए । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

समाचार वर्गहरू