नेपाल ई स्पोर्टस् एक्सपो कार्तिक ८ र ९ गते

15

(काठमाडौं) – नेपाल ई स्पोर्टस संघको आयोजनमा हुने दोश्रो नेपाल ई स्पोर्टस् च्याम्पियनसिप तथा एक्सपो २०१९ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कार्तिक ८ र ९ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ई स्पोर्टसको सम्पूर्ण तरारी पूरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलनमा बताएको हो ।

कम्प्युटर र नेटको माध्ययमले खेलिने खेलका नेपाल भरि रहेका खेलाडीहरुलाई एकै छाता मुनि ल्याई खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले विगत वर्षदेखि च्याम्पियनसिप आयोजना गर्दै आएको संघका अध्यक्ष सुरोज डङ्गोलले जानकारी गराए । यसका साथै नेपाली खेलाडीहरुलाई एकै छात्रा मुनि ल्याई प्रतिस्पर्धाका माध्ययमबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय एरिनामा उतार्ने उद्देश्य रहेको समेत डङ्गोलले बताए ।

नेपाल ई स्पोर्टस संघले आयोजना गर्ने च्याम्पियनसिपमा डोटा २, सीएसजीओ, पाटन कलेज फिफा, कोसप्ले, फ्रिफायर गरि पाँच विधामा प्रतिस्पर्धा गराईने छ । डोटा २ मा विजयी खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय ई स्पोर्टस महासंघले कोरियामा डिसेम्बर ११ देखि १५ तारिख सम्म आयोजना गर्ने ई स्पोर्टस डोटा २ मा प्रतिस्पर्धा गर्ने छन् । डोटा २ टिममा ५ खेलाडीहरु रहने छन् ।

भृकुटीमण्डपमा कार्तिक ८ र ९ गते हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुको छनोट सम्पन्न भई सकेको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । डोटामा १२ टिम र सिएसजिओमा ११ टिम, पाटन कलेज फिफामा २७ खेलाडी र फ्रिफायरमा ८० टिम गरि कुल ४३५ खेलाडीहरुले कम्प्युटर र ईन्टरनेटका माध्यमबाट खेलिने खेलमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धामा डोटा २ मा प्रथम स्थान हात पार्ने टिमले नगद ५० हजारका साथै एक बर्षको ईन्टरनेट र कोरियामा आयोजना हुने ११ औं विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै दोश्रो र तेश्रो हुने टिमले २०/२० हजार प्राप्त गर्ने छन् । सीएसजीओका विजयी टिमले नगद ५० हजारका साथै एक वर्षको ईन्टरनेट तथा दोश्रो र तेश्रो हुनेले नगद २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पाटन अन्तर कलेज फिफाका बिजयी खेलाडीले नगद १० हजार तथा एक बर्षको ईन्टरनेट र पाटन कलेजमा छात्रवृति प्राप्त गर्ने छन् । दोश्रो र तेश्रो ले नगद ४/४ हजर प्राप्त गर्ने छन् । फ्रि फायरमा पहिलोले नगद १५ हजार, दोश्रोले ६ हजार र तेश्रोले ४ हजार प्राप्त गर्ने छन् । यस्तै कोसप्लेमा विजेताले २० हजारका साथै आईएफआईको पूर्ण छात्रवृति प्राप्त गर्ने र उच्च ८ ले १० हजार प्राप्त गर्ने आयोजकका अध्यक्ष डङ्गोलले बताए ।

नेपालमा नौलो खेलको रुपमा उदाएको यो कम्पुटरको माध्यमबाट खेलिने खेल बिश्व खेल मञ्चमा निकै अगाडी देखि खेलिंदै आएको र करौडौ दर्शकहरुले आनन्द लिईरहेको खेल हो । नेपालमा पनि हाल बालबालिका लगायत करौडौ ब्यक्तिहरु कम्प्युटर खेलमा ब्यस्त रहेका हुन्छन् ।

तर, यसको बिश्व एरिना तथा प्रतिस्पर्धाका रुपमा पनि अगाडी बढि रहेको कमैलाई मात्र ज्ञान छ । त्यस ज्ञानलाई पनि आम जन समक्ष प्रस्तुत गर्ने र यस खेलको विकास र विस्तारमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । च्याम्पियनसिपमा ८ देखि १० हजार दर्शकले च्याम्पियनसिपको आनन्द लिने समेत आयोजकले जनाए ।

समाचार वर्गहरू