काठमाडौं–५ मा मतगणना सुरु

19

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको छ ।  टोखा नगरपालिकाको कार्यालयमा सोमबार दिउँसोबाट मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले  जनाएको छ ।

सुरुमा प्रतिनिधि सभातर्फको मतगणना हुने र त्यसपछी प्रदेशसभाको मतगणनाहुने निर्वाचन अधिकृतको कार्यालयले  जनाएको छ ।

काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल, नेकपा (एमाले)का ईश्वर पोखरेल, विवकशील अभियानकी रञ्जु दर्शना लगायतका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ ।

समाचार वर्गहरू