काठमाडौको यातायात सुधारबारे विस्तृत योजना ल्याउन प्रमको निर्देशन

17

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको लगानी बोर्डको ४० औं बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन निर्देशन दिएका हुन् ।

सोबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकहरुको प्रस्ताव सहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भने, “हामीलाई काठमाडौं उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, ती कामहरु सबै समयमा योजनाबद्ध रुपमा सम्पन्न हुनुपर्छ, मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ, त्यसका लागि प्रतिवेदन प्राप्त बोर्डले थप निर्णय गर्नेछ ।”

बैठकले बाहिरी चक्रपथ परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पयिोजना, पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत पयिोजना, तल्लो अरुण जलविद्युत परियोजना सम्बन्धी विभिन्न निर्णय गरेको छ ।

समाचार वर्गहरू