कृषिचाहिँ विपदको दायराभित्र पर्दैन वा पारिँदैन ?

51

राम प्रसाद गौतम 

बेला बेलामा आइरहने विपत्ले कृषि क्षेत्रमा ०७२ को विनाशकारी भूकम्पमा हजारौँ मानिसले आफ्ना परिवारका सदस्य मात्र गुमाएका छैन पारिएको अन्य बालीका बिउ पनि गुमाए । राहतका नाममा थरीथरीका बिउ पनि वितरण गरे । तर, कति बिउ उम्रिएनन् र कति उम्रिएर पनि फलेनन् । यसले पीडित कृषकलाइ झन् पीडा थप्यो । यस्ता विपत्का वेला कृषकका लागि बिउको आपूर्ति कसरी गर्ने भन्ने  सरकारको कुनै सोच छैन ।

भूकम्पपछि विभिन्न क्षेत्रमा पूर्वतयारी र विकास निर्माणका काम भविष्यमा आइपर्न सक्ने जोखिमलाई मध्यनजर गरी अघि बढाइए । तर, कृषि क्षेत्रमा त्यस्तो तयारी कहीँकतै देखिँदैन । निरन्तरको बन्दाबन्दीले धेरै क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । कृषि क्षेत्र अपवाद हुने कुरै भएन । भूकम्पपछि कृषि क्षेत्रले पनि जोखिम न्यूनीकरणका लागि उपायहरू अवलम्बन गरेको भए सम्भवत अहिलेको महामारीबाट कृषि क्षेत्रमा पर्न सक्ने प्रभाव धेरै कम गर्न सकिन्थ्यो ।बिउको आपूर्ति कसरी सहज गर्न सकिन्छ भन्ने कुरा मात्र अघि बढाए पनि कृषकहरूका लागि ठूलो राहत हुने थियो ।

अधिकांश पहाडी भागमा वैशाखमा धानको बिउ राखिन्छ र जेठको अन्त्यदेखि रोप्न सुरु गरिन्छ । तर, वैशाख महिनामा कृषकका लागि चाहिने बिउ छैन त्यसले अर्को वर्ष खाद्य संकट आउन सक्छ ।
निरन्तरको बन्दाबन्दीले कृषकले दूध फालेको, तरकारी बेच्न नपाएको, मजदुर तथा मेसिनको अभावमा पाकेको गहुँबाली थन्क्याउन नपाएको र बिउ खरिद गर्न नपाएका समाचारहरू दिनदिनै आइरहेका छन् ।मुख्य खाद्यान्न बाली धानको बिउको जोहो कसरी गर्ने भन्ने चुनौती पनि थपिएको छ । कृषि फर्म, बिउ कम्पनी, बिउ व्यवसायी, कृषक समूह र सामुदायिक बिउ बैंकहरूसँग भएका बिउ परीक्षण, प्रशोधन, प्रमाणीकरण र ओसारपसार पूर्ण वा आंशिक रूपमा प्रभावित भएको छ । बिउको आयात पनि रोकिएको छ ।हामीले खाद्यान्न आयात गर्ने देशहरूमा पनि कोरनाको प्रभाव व्यापक छ यी कुरालाई मध्यनजर गरी खाद्यान्न उत्पादन वृद्धिका लागि योजना तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित निकायले बेलैमा ध्यान दिनु जरुरी छ । बन्द निरन्तर भइरहँदा रोग घट्ने, तर भोक बढ्ने र अर्को संकट आइपर्ने सम्भावना छ । सरकार कृषकहरूलाई कृषि कर्म निरन्तर गर्न भन्छ । कृषि उपजहरूको सहज आपूर्तिका लागि यातायात व्यवस्था सहज छैन के घर बसेर खेती गर्न गारो छ अब कृषि क्षेत्रसँग सम्बद्ध तीनै तहका सरकारी, गैरसरकारी र निजी क्षेत्रले हाम्रो मुख्य खाद्यान्नबाली धानलगायत कृषकका लागि आवश्यक अन्य बिउहरूको आपूर्ति सहज गर्न आ–आफ्नो क्षेत्रबाट सहयोगको आवस्यक छ ।

अधिकांश कृषकहरूले खाद्यान्न र तरकारी बालीहरूका बिउ आफ्नै घरमा जोहो गरेर राखेका हुन्छन् वा छिमेकी, आफन्त र साथीभाइकोबाट किनेर वा साटासाट गरेर लगाउने चलन पनि छ । तर, आजभोलि कृषि फर्म, बिउ कम्पनी र बिउ व्यवसायीहरूकोबाट उन्नत जात र हाइब्रिड बिउ खरिद गरेर लगाउने चलन बढ्दो छ । उन्नत जातको बिउ उत्पादन र आपूर्ति गर्ने सामुदायिक बिउ बैंक र बिउ उत्पादक कृषक समूहको संख्या नीयून छ ।धानको पर्याप्त बिउ पनि छैन्न । निरन्तर बन्ध भइरहँदा यी निकायको चिन्ता आफ्नो गोदाममा भएका बिउ कसरी प्रशोधन, प्रमाणीकरण, ओसारपसार र बिक्रीवितरण गर्ने भन्ने हो ।

अब थप कडाइ गर्ने भनिरहँदा कृषिमा सहज त छैन, तर तत्काललाई यो समस्या समाधान गर्न सकिएन भने अब के होला त समयमा कृषकहरूले बिउ ल्याउन सक्ने कुरै भएन । यसको अवधि बढ्दै गएमा बिउ आपूर्ति हुने परम्परागत प्रणालीले अहिले काम गर्न नसक्ने हुनाले बिउ आपूर्तिको जिम्मेवारी पाएका निकाय लाइ पनी उतिकै गारो छ । घरै बसीबसी कृषक समूह, सहकारी र कृषि सञ्जालका अगुवाहरू ले टेलिफोनको माध्यमबाट आफ्ना कृषकका लागि आवश्यक बिउ दिने कसिस गनु प्रर्द छ र स्थानीय तहले बिउ आपूर्तिकर्तासँग समन्वय गरी आफ्नो गाउँसम्म ढुवानी गरिदिन पहल गर्नुपर्दछ । कृषि क्षेत्र विपत् व्यवस्थापनको दायराभित्र पर्दैन वा पारिँदैन । यस्तो अवस्था कहिलेसम्म ? कृषकहरूका लागि आफ्नो गाउँठाउँ वा नजिकको दूरीमा बीउ पाउन र बीउका बारेमा जानकारी गराउन सकिएमा यसबाट पनि केही सहज हुने छ देशमा बिउको परनिर्भरता झन् बढ्दो छ । विगतमा आयातीत हाइब्रिड बिउमा भरपर्दा कृषकले पटकपटक दुष्परिणामहरू भोगिसकेका छन् । गरिमा धानको कारणले देशैभरका हजारौँ कृषकले व्यहोर्नुपरेको क्षति ताजै छ ।कृषकले स्थानीय हावापानी सुहाउँदा रैथाने बिउ र नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका उन्नत जातलाई बेवास्ता गरिएको कारण यस्तो भयको हो ।

कृषकहरूले बिउ छनोट गर्दा अन्यत्र विकास गरिएका, तर स्थानीय हावापानीमा हुने वा नहुने निश्चित नभएका बिउ बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले सिफारिस गरेको बिउ मात्र लगाउने प्रर्छ ।
कृषकले संघीय संरचनाअनुसार कृषि सेवामा सुधार भएको अनुभूति गर्न पाएका छैनन् । बिउ आपूर्तिको अवस्था त झन् भयावह छ । पुराना संरचना भत्किए, तर नयाँ संरचना निर्माणले गति लिन सकेको छैन । प्रदेश र पालिका तहमा फाट्टफुट्ट कृषि नीति बन्ने गरेका छन् । पालिकाहरूका लागि आवश्यक बिउ आपूर्तिको संरचना के हुने र कृषकका लागि आवश्यक शुद्ध र गुणस्तरीय बिउ कहाँबाट कसरी प्राप्त गर्न पतो छैन । यस्ता खाले विपत् भविष्यमा पनि आइरहने छन् । माथीको तहदेखि पालिकासम्म विपत् व्यवस्थापनका लागि संरचना बनेको छ । विपत्का वेला मानिसको जीवन रक्षाको प्रश्न प्राथमिकतामा पर्नु आवश्यक छ । तर, बिउको आपूर्तिले प्राथमिकता नपाउनु दुखद् छ ।

अबको आवश्यकता हरेक पालिका र प्रदेश तहमा सामान्य अवस्था र विपत्को अवस्थामा बिउ आपूर्तिका लागि नीति तथा कार्यक्रम बन्नुपर्दछ ।उत्कृष्ट रैथाने बिउहरूको पहिचान तथा दर्ता र त्यहाँको हावापानी सुहाउँदो बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रबाट सिफारिस गरिएका उन्नत जातको बिउ उत्पादन, भण्डारण र बिक्रीवितरणका लागि सरकारी, गैरसरकारी, निजी क्षेत्र र समुदायको साझेदारीमा सफल रूपमा सञ्चालन भइरहेको सामुदायिक बिउ बैंकको अवधारणा विस्तार गर्नु हो ।अनी मत्र कृषिचै विपत्को दायराभित्र छ र पारीनु प्रदछ ।

व्यवस्थापकिय निर्देशक
न्याफ्कोल कृषिवन प्रा.लि
9851159630, www.nafscol.com rampd8203@gmail.com

समाचार वर्गहरू