केयूका प्राध्यापक र कर्मचारीद्वारा आन्दोलनको चेतावनी

17

 (काठमाडौं) – आफूहरुसँग भएको सहमति उल्लंघन गरेको भन्दै काठमाडौं विश्वविद्यालय (केयू) का प्राध्यापक र कर्मचारीले आन्दोलनको चेतावनी दिएका छन् ।

विश्वविद्यालय सभा र कार्यकारी परिषद्मा सहभागी गराउने पूर्वसहमति विपरीत प्रशासनले बेवास्ता गरेको भन्दै केयूका प्राध्यापक र कर्मचारीले आन्दोलनको चेतावनी दिएका हुन् ।

विश्वविद्यालय व्यवस्थापनले काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघसँग गरेका सहमति उल्लंघन भएको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

उनीहरुले मंसिर १० गतेसम्म सहमति कार्यान्वयन नभए कार्यकारी परिषदका सदस्यको रानीनामा माग गर्ने, उपकुलपति र रजिष्ट्रारका कार्यालय पुन:बन्द गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यस्तै, सम्झौता कार्यान्वयन गर्न सहकुलपति तथा कुलपतिलाई अुनरोध गर्ने निर्णय गरेको प्राध्यापक संघका अध्यक्ष वेदमणि दाहालले जानकारी दिए ।

४० दिनको निरन्तर तालाबन्दी पछि भदौ ३१ गते भएको सम्झौतामा विश्वविद्यालय सभामा प्राध्यापक र कर्मचारीका एक/एक प्रतिनिधि आमन्त्रित गर्ने सहमति भएको थियो ।

समाचार वर्गहरू