केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता

16

(काठमाडौं) – भूकम्पबाट क्षतिग्रस्त काठमाडौंको कान्तिपथस्थित केशरमहलको प्रवलीकरणका लागि ठेक्का सम्झौता भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।

सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गरे ।

जेभीले भ्याट सहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रवलीकरणको ठेक्का पाएको हो । प्रवलीकरणको अवधि दुई वर्षको छ । आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्प प्रतिरोधी हुनेगरी प्रवलीकरण गरिने बताए ।

निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रवलीकरण गर्ने प्रतिबद्धता जनाए । एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने उनले जानकारी दिए । परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.लि., एस.डब्लु. नेपाल प्रा.लि. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.लि. को जेभी छनौट भएको छ ।

समाचार वर्गहरू