केही राजनीतिक दल स्थापित हुन समाजमा विद्वेष फैलाए : नेपाली लेखक संघ

60

काठमाडौं । नेपाली लेखक संघले केही राजनीतिक दल समाजमा विद्वेष फैलाएर आफू स्थापित हुन खोजिरहेका भन्दै सङ्कटको बेला राष्ट्रलाई नेतृत्व गर्दै र निकास दिँदै आएको नेपाली कांग्रेसले मात्र देशलाई अहिलेको अवस्थाबाट सम्हालेर अगाडि लैजान सक्ने बताएको छ ।

यो संघ प्रजातन्त्रवादी लेखकहरूको संगठन हो । बुढानीलकण्ठमा आयोजित एक कार्यक्रमका बीच संघका महासचिव सोझो गाउँले र अध्यक्ष वियोगी बुढाथोकीद्वारा जारी अपिलमा लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरण कांग्रेसद्वारामात्र सम्भव रहेको उल्लेख छ ।

यसबेला केही राजनीतिक दल समाजमा विद्वेष फैलाएर आफू स्थापित हुन खोजिरहेका छन् । देशमा नकारात्मक भाष्य खडा गरेर स्थापित मूल्यमान्यताको साख गिराउने र भ्रमको सञ्जाल बुनेर नागरिकलाई गुमराहमा पार्दै आफ्नो रोटी सेक्ने काम गरिरहेका छन् ।

यस्तो अवस्थामा आम नागरिकलाई सचेत गराई समाजलाई सही मार्ग देखाउनु कवि लेखक एवम् बुद्धिजीवी वर्गको कर्तव्य हुन आउँछ’, विज्ञप्तिमा भनिएको छ । मुलुकमा निर्वाचनमा जनताले सुझबुझ प्रयोग गर्दै मतदान गर्नुपर्ने अध्यक्ष बुढाथोकीले बताए । उनले सुधारिएको नेपाली कांग्रेसका सभापति गगन थापाको पक्षमा दत्तचित्त भएर लाग्न लेखकहरूलाई आग्रह गरे ।

समाचार वर्गहरू