कोरोनाले मृत्यु भएकाको परिवारलाई कांग्रेसको सहयोग

32

सिन्धुपाल्चोक – नेपाली काँग्रेस ईन्द्रावती गाउँपालिका वडा नं -२ कार्य समितिले कोरोना प्रकोपको कारण मृत्युवरण गरेका मृतक का परिवारलाई प्रति परिवार रू १५ हजार को दर ले आर्थिक सहयोग गरेको छ।

यसै सन्दर्भमा मंगलबार ईन्द्रावती २ पोखरे निवासी स्व थान कूमारी भारती को परिवार लाई प्रतिनिधी को रूपमा आएका  मूक्केवाज श्री राम बहादूर गिरी,प्रखर यूवा समाजसेवी मोहन गिरी र श्याम शुभम गिरी ले सयूक्त रूपमा नगद हस्तान्तरण गरेका हुन् ।

हालसम्म दोस्रो लहर को रूपमा फैलिएको कोरोना भाईरस को कारण वडा नम्वर २ मा गोमा पूलामी मगर,रामकृष्ण थापा मगर र थान कुमारी भारती को असामयिक निधन भएको थियो ।

नेपाली काँग्रेस ईन्द्रावती गाउँपालिका -२ कार्य समितिले मृत्युवरण गरेका मृतकका सबै परिवारलाई प्रति परिवार रू १५ हजार को दर ले आर्थिक सहयोग गरेको स्थानिय मदन गिरीले जानकारि दिए ।

समाचार वर्गहरू