क्यानको साधारणसभा एक सातापछि धकेलियो

12

काठमाडौँ, साझा खवर संवाददाता – नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा एक साता पछाडि सरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको छलफलले नयाँ मिति तय गरेको हो । अब असोज १० र ११ मा चुनाव हुनेछ । यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो । तर राखेपले आफूसँग अनुमति नलिएको भन्दै रोक्न निर्देशन दिएको थियो ।

स्वतन्त्र कमिटीले घोषणा गरेको निर्वाचन मितिमा राष्ट्रिय खेलकुद परिषद राखेपले असहमति जनाएपछि आज अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी र राखेपबीचको छलफलले निर्वाचन १ साता पछि सारेको हो । आईसीसीका प्रतिनिधि ईमरान ख्वाजा र अमर शेखको टोलीले राखेपसँग छलफल गरी निर्वाचनको नया“ मिति सार्वजनिक गरेको हो ।

छलफलमा नयाँ मिति निर्धारणसँगै सबै पक्षबीचको सहमतिमै निर्वाचनका प्रक्रिया अघि बढाउने, अक्टोबर १२ र १३ मा बस्ने आईसीसी बोर्ड बैठकमा क्यान निलम्बन फुकुवाको प्रस्ताव लैजाने र नेपालको क्रिकेट विकासमा आईसीसीले विभिन्न सहयोग गर्ने सहमति भएको राखेप सदस्य सचिव रमेशकुमार सिलवालले जानकारी दिए ।

समाचार वर्गहरू