गत भदौ २४ गते भएको घटनाको छानबिन गर्न राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीको माग

4

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ गर्न नहुने बताएकी छिन । सोमबार राष्ट्रिय सभा बैठकमा पूर्वमन्त्री समेत रहेही झाँक्रीले सो घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भन्दै सरकारलाई प्रश्न समेत गरेकीछिन् ।

नवयुवाहरूलाई गलत ढंगले परिचालन गर्ने सिंहदरबारलगायतका ठाउँहरूलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उनले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुपर्ने माग समेत गरेकी छिन ।

सदस्य झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताएकी पछन् । सदस्य झाँक्रीले राज्यको विरूद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने पनि बताएकीछिन ।

समाचार वर्गहरू