काठमाडौं – मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।
गत माघ १० गते ब्रेन ह्यामरेज भई बिरामी भएका गच्छदार उपचाररत थिए। कांग्रेसबाट उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष बनेका उनको सोमबार निधन भएको कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए
गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ । चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै रहेका थिए ।