काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई तत्काल गृहमन्त्रीको आस नगर्न अनुरोध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको माओवादी केन्द्रले रास्वपालाई धैर्य गर्न आग्रह गरेको हो।
माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘हाम्रो धारणा हिजो नै मैले भनिसकेँ। रविजीले धैर्य गर्नुपर्छ। किनभने विषय सकिएको छैन। फैसलाको पूर्णपाठ आएको छैन। मन्त्रिमण्डलमा के गर्ने? निर्णय भने गर्न बाँकी छ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई गृहमन्त्रालय दिन आग्रह गरे पनि अहिले त्यस्तो निर्णय गर्न नसकिने महराको भनाइ छ।