चीनको १५औं पन्ध्र वर्षीय योजनाबारे नेपालमा चर्चा : नेपाालले फाइदा लिनसक्ने उपाय बारे विज्ञको सुझाव

79

काठमाडौं । चीनको १५औं पञ्चवर्षीय योजनाका विशेषता र त्यसबाट नेपाललेले लिन सक्ने फाइदाबारे विज्ञहरुले सरकारको ध्यानाकर्षण गराएकाछन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा अनुसन्धानकर्ता एवम वित्तिय व्यवस्थापन विज्ञ डा सीता ढुंगाना र नेपाल प्रज्ञा प्रतिष्ठनकी वैज्ञानिक डा टिष्टा प्रसाई जोशीले चीनको आर्थिक विकासको योजनाबाट नेपालले लाभ उठाउन सक्ने तरिका र मुद्दाबारे प्रकास पारे ।

चीनले आफ्नो योजनामा विज्ञान तथा प्रविधिलाई मुख्य चालक शक्ति मानेको डा. ढुंगानाले बताइन् । १५औ योजनामा दिगो विकास, उत्पादनमा सुधार,गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी अर्थतन्त्र लगायतका विषय समेटिएको जानकारी गराउँदै उनीहरूले यसको प्रमुख उदेश्य उच्च गुणस्तरीय विकास रहेको स्पष्ट पारे ।

अबको ५ वर्षमा १४० ट्रिलियन बराबरको बजेट बनाउने लक्ष्य राखिएको छ । प्रविधिमा जोड दिंदै एआई र ६ जी कम्युनिकेशन टेक्नोलोजीको उपयोगबारे समेत उनीहरूले जानकारी गराए । चीनले सन् २०२६ का लागि आर्थिक लक्ष्य र नीति निर्धारण गरेको विषयमा संस्थाका अध्यक्ष शोभित उप्रेतीले जानकारी गराए ।

चीनले गत वर्षलाई ‘असाधारण उपलब्धिको वर्ष’ भन्दै आर्थिक तथा सामाजिक विकासका प्रमुख लक्ष्यहरू सफलतापूर्वक हासिल हुने निष्कर्ष निकालेको छ । आर्थिक सुधार, नवप्रवर्तन र आन्तरिक क्षमतामा जोड दिँदै आर्थिक सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा पन वक्ताहरूले जोड दिएको थिए ।

समाचार वर्गहरू