चेपाङ समुदायकै पहिलो मन्त्री सन्तबहादुर

43

काठमाडौं – बागमती प्रदेशका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बनेका छ्न् ।

नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका चेपाङ मकवानपुरकै विकट क्षेत्र काँकडाका स्थायी बासिन्दा हुन् ।

चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोविन्दराम चेपाङ एमालेबाट संविधानसभा सदस्य भएका थिए । चेपाङ आफ्नो समुदायबाट पहिलो मन्त्री बनेका हुन् । बिहिबार बिस्तारित प्रदेश मन्त्रिपरिषदमा उनी भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छ्न् ।

मकवानपुरको काँकडामा जन्मिएर सन्त चेपाङ २०४८ सालदेखिनै निरन्तर राजनीतिमा लाग्दै आएका छन् । २०४८ सालमा काँकडा गाउँ इकाई सदस्य भएका उनी २०५३ सालमा वडा सभापति भएका थिए ।

मकवानपुर जिल्लाको नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य, १० औं महाधिवेशन मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ प्रत्यासी सभापति थिए ।

समाचार वर्गहरू