छलफलको विषय खुलाए मात्रै वार्तामा बस्छौं – शिक्षक महासंघ

156

काठमाडौं – नेपाल शिक्षक महासंघले सरकारले बाेलाएकाे वार्तामा छलफल हुने विषय खुलाए मात्रै सहभागी हुने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको महासंघको बैठकले वार्तामा छलफल गरिने र निर्णय गरिने विषयवस्तु सरकारले पहिले नै प्रस्तुत गरेपछि मात्रै वार्तामा सहभागी हुने निर्णय गरेको हो।

‘सरकारले बोलाउँदैमा हामी वार्तामा जाँदैनौं, सरकारले वार्तामा आऊ हामी यसो गर्छौं भनेर पहिले नै भन्नुपर्छ। हामीसँग सर्त राख्नुपर्छ, सशर्त मात्रै वार्तामा बस्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘अन्यथा सरकारको वार्तामा सहभागी हुँदैनौं।’

यता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीका प्रतिनिधिलाई दोस्रोपटक वार्तामा बोलाएको छ। मन्त्रालयका प्रवक्ता (सहसचिव) शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै भोलिका लागि वार्तामा बोलाएका हुन्।

यसअघि मन्त्रालयले यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि शिक्षक कर्मचारीका प्रतिनिधिहरूलाई वार्तामा बोलाएको थियो।

गत २० गतेदेखि विभिन्न माग राख्दै देशभरका शिक्षकहरु लगातार आन्दोलमा उत्रिएका छन् ।

समाचार वर्गहरू