जनताको फैसला स्वीकारिने छ : काँग्रेस उपसभापति शर्मा

59

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनमा मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा उपसभापति शर्माले देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहने उल्लेख गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ ।

बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्यासित होइन । चर्को आशा अर्को निराशामा बदलितु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।’ बिहीबार भएको प्रतिनिधिसभाको निर्वाचनको मतगणनाको प्रारम्भिक रुझानमा रास्वपाको जनलहर देखिएको छ ।

समाचार वर्गहरू