जाँचबुझ आयोगको म्याद फेरि २५ दिन थप गर्ने निर्णय

20

काठमाडौँ – सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद फेरि थप गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो। यसअघि पनि दुई पटक म्याद थप गरिएको थियो।

समाचार वर्गहरू