(काठमाडौं) – कोभिड–१९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दै छ । जारी लकडाउनबारे निर्णय गर्न समितिको बैठक बस्न लागेको हो ।
दिउँसो २ बजे सिंहदरवारमा बस्ने समन्वय समितिको बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ । गत चैत ११ गतेदेखि विभिन्न चरणमा थप गरिएको लकडाउनको अवधि भोलि सकिँदैछ ।
तर, पछिल्लो केहीदिन यता काठमाडौं उपत्यका सहित देशैभरी संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ ।
प्रदेश २ का आठ वटै जिल्लामा संक्रमण देखिएको छ भने पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र बाँकेमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।