जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजय हुदाँ रास्वपाका विनिता कठायतलको जमानत जफत

7

काठमाडौँ । जुम्लाको प्रतिनिधि सभा सदस्यमा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार८१६ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका नरेश भण्डारीले ११ हजार ६३५ मत पाएका छन् । त्यस्तै कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका शान्तिलाल महत ४ हजार ५१८मतमा चित्त बुझाउन बाध्य भएका छन् ।

देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा रास्वपाका विनिता कठायतलगायतको जमानत जफत भएको छ।

समाचार वर्गहरू