काठमाडौं – झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले अग्रता निरन्तर बढाइरहेका छन् ।
शुक्रबार साँझ ६:३० बजेको अद्यावधिक विवरण अनुसार बालेनले १३ हजार ६५४ मत ल्याउँदा दोस्रोमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ११ मत मात्र ल्याएका छन् ।
यसैगरी नेपाली कांग्रेसका मन्धरा चिमरियाले ४०३ र नेकपाका रञ्जित तामाङले ३७० मत पाएका छन् ।