टी – ट्वान्टी क्रिकेटको नयाँ वरियतामा कप्तान खड्का २७ औं स्थानमा

21

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको वरियताको अलराउण्डरतर्फ २७ औं स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको टी ट्वान्टी क्रिकेटको नयाँ वरियतामा कप्तान खड्का सहित नेपालका ३ खेलाडी अटाएका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् । ९० रेटिङ अंक पाएको कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।

कप्तान खड्का अलराउण्डरमा वेष्ट इण्डिजका क्रिस गेल, आन्द्रे रसेल, भारतका सुरेश रैना, हार्दिक पाण्डाय, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।

यस्तै, अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत रहेका छन् । सोमपाल न्युजिल्यान्डका टिम साउथे, पाकिस्तानका हसन अली, वेष्ट इण्डिजका सुनील नारिने भन्दा अघि रहेका छन् ।

४ सय १७ रेटिङ अंक पाएका कप्तान खड्का ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी, मनिस पाण्डे, सुरेश रैना र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् । ब्याटिङतर्फ कप्तान पारस ६६ औं स्थानमा रहेका छन् ।

बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । ३९१ रेटिङ अंक पाएका सोमपाल एक स्थान झर्दै रहदै ७८ औं स्थानमा झरेका छन् ।

यस्तै, ४११ रेटिङ अंक पाएका बसन्त एक स्थान तल झर्दै ७३ औं स्थानमा रहेका छन् । आईसीसीको टिमको टी(ट्वान्टी वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ । एकदिवसीयमा एक स्थान तल झर्दै नेपाल १७ औं स्थानमा रहेको छ ।

समाचार वर्गहरू