डब्लुसीएल विजेतालाई उपाधि सहित सात लाख

21

काठमाडौं – वुमेन्स च्याम्पियनस लिग टी–२० क्रिकेट प्रतियोगिता डब्लुसीएल पर्सि बुधबारबाट सुरु हुने भएको छ । प्रतियोगितामा नेपालका ५ फ्रेन्चाईज टीमको सहभागिता रहने छ ।

महिला फ्रेन्चाइज प्रतियोगिता डब्लुसीएल को विजेताले उपाधि सहित सात लाख रुपैयाँ पाउने भएका छन् । डब्लुसीएलका प्रबन्ध निर्देशक छुम्बी लामाले एक विज्ञप्ति जारी गर्दै विजेता टोलीले उपाधि सहित सात लाख रुपैयाँ पाउने जानकारी दिए ।

यस्तै, उपविजेता टोलीले उपाधि सहित तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको ’प्लेअर अफ द म्याच’ले पाँच हजार र ट्रफी प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।

डब्लुसीएलको उपाधि ट्रफी भोलि एक कार्यक्रममा सार्वजनिक गरिने आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीका प्रबन्ध निर्देशक लामाले बताउनुभयो ।

डब्लुसीएल प्रतियोगिता कार्तिक ७ गते सम्म कीर्तिपुरस्तिथ त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । पहिलो सस्ंकरणको लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, किट क्याट काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

समाचार वर्गहरू