त्रिभुवन विमानस्थलको कफी सपमा आगलागी

60

(काठमाडौं) – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा केहीबेर अगाडि आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलको दमकलले आगलागी नियन्त्रणमा लिएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा रहेको विश्राममा रहेको कफी सपमा आगलागी भएको र दमकलको सहायताले आगो निभाइएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । विद्युत् सट भएर आगलागी भएको बताइएको छ ।

समाचार वर्गहरू