देशमा भ्रष्टाचार नबढेको प्रधानमन्त्रीको दाबी

48

मध्यबिन्दु/काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले देशमा भ्रष्टाचार नियन्त्रण भएको दावी गरेका छन् । आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बढेको भन्ने कुरा सत्य नभएको बताएका हुन् ।

सुशासन र स्वच्छताका लागि पार्टी र सरकार लागि रहेको भन्दै भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने चेतावनी दिए । ‘कुनै पनि तहको सरकारमा रहेकाहरु र कोही पनि भ्रष्टाचारमा फेला नपरोस्, उनले भने, फेला परे कारवाही हुन्छ ।’

देश र जनताको अपेक्षाअनुसार पार्टी एकढिक्का भएर अघि बढिरहँदा केही सञ्चारमाध्यम पार्टीबारे भ्रम फैलाउन लागिपरेको उनले आरोप समेत लगाए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकार सामाजिक न्याय, समानता र नागरिकका अधिकारको विषयमा सचेत रहेको उल्लेख गर्दै एमसिसीकोे विषयमा छिट्टै टुंगोमा पुगिने बताए । ‘राष्ट्रियताको विषयमा कुनै पनि कुराबाट सरकार पछि हट्दैन’, उनले भने, ‘मिचिएको सिमाना फिर्ता ल्याउन सरकार दृढ छ । एमसिसीलाई निकट भबिष्यमा टुंगो लगाउने तयारीमा छौँ ।’

समाचार वर्गहरू