‘देशै एमालेमय छ, एक्लै बहुमत ल्याउँछ’ – केपी ओली

37

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंरि ४ गते हुने निर्वाचनमा एक्लै बहुमत ल्याउनसक्ने दाबी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले अहिले देश नै एमालेमय भएको दाबी गरेका हुन् ।

ओलीले सिन्धुपाल्चोकको चौतारा—साँगाचोकगढी नगरपालिकाका पूर्व प्रमुख अमानसिंह तामाङसहित विभिन्न नेता कार्यकर्तालाई आज आफ्नो पार्टीमा प्रवेश गराका छन् ।

एमालेमा सोमबार नै पूर्वमन्त्री दानबहादुर चौधरी पनि प्रवेश गरेका थिए ।

गठबन्धनवालाहरुले सिटको हिसाबकिताब गर्दैमा समय व्यतित हुने तर एमालेले देशव्यापी रुपमा जित्ने उनको दाबी थियो । उनले सिन्धुपाल्चोकमा दुईवटै प्रतिनिधिसभाको क्षेत्र र ४ वटा प्रदेश सभा एमालेले जित्ने दाबी गरे ।

विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको बताए।

ओलीले भने ‘यो गठबन्धन भन्ने छ नि! गठबन्धनको हुर्नुस् त म्याउँम्याउँ। यिनीहरुले लिम्पियाधुरा, लिपुलेक, कालापानी भनेर भन्न सक्छन्, बोल्न सक्छन्?’

समाचार वर्गहरू