दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन चेम्वरको अनुरोध

17

काठमाडौं – नेपाल चेम्वर अफ कमर्सले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकारसँग अनुरोध गरेको छ । हालको मूल्य वृद्धि सम्वन्धमा, आयातित वस्तुहरुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले समेत मूल्य भएको उसको भनाई छ ।

मूल्यलाई मान्यता दिइनु पर्ने चेम्बरको सुझाव छ । यसबाट मूल्य वृद्धि नियन्त्रण गर्न सघाउ पुग्ने धारणा चेम्बरको रहेको छ । यसका साथै अधिक भन्सार मूल्याड्ढन, अधिक भन्सार दरबन्दी, कृषि जन्य वस्तुहरुको बजार मूल्य श्रृंखलामा बिचौलियाको संलग्नताले थप जटिलता ल्याएकोले सोको अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

चाडपर्वको बेलामा मात्र नभई नियमित प्रक्रियाको रुपमा बजार अनुगमनलाई अघि बढाउन सरकारलाई अनुरोध गरेको छ । चाडपर्वमा विभिन्न निकायहरुबाट बजार अनुगमन हुने र अन्य बेला नियमित नहुने कारणले समेत आपूर्ति व्यवस्थापनमा थप जटिलता ल्याएको उसको भनाई छ ।

हालै बजेट वक्तब्य मार्फत ल्याइएको भिसिटिएस अनिवार्य प्यान नम्बर लगायत विविध कारणले गर्दा त्यसको नतिजा स्वरुप आपूर्ति कमी हुन गई मूल्यमा वृद्धि हुन गएको चेम्बरले जनाएको छ । उपभोक्तालाइ प्रत्यक्ष प्रभाव पर्ने नीतिगत व्यवस्था लागू गर्नु पूर्व गहिरो अध्ययन नहुँदा मुलुकवासीको सबैभन्दा ठूलो चाड दशैको अवसरमा आम उपभोक्ताले समस्या व्यहोर्नु परेको तथा बजार अनुगमन कार्य एकद्धार प्रणालीबाट मात्र हुनु पर्ने चेम्बरले जनाएको छ ।

ठूला गाडीको निर्वाध प्रवेश सम्बन्धमा, हाल ट्राफिक जामको कारण ६ चक्के भन्दा ठूला ट्रकहरु काठमाण्डौं प्रवेशमा रोक लगाईएबाट दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थामा थप समस्या उत्पन्न भै बजारमा उपभोग्य सामान सर्वसुलभ हुन नसक्ने वस्तुनिष्ठ यथार्थलाई ध्यानमा राखी हालको अवस्थाको गाम्भीर्यतालाई समेत ध्यान दिई साँझ ६ बजे पछि त्यस्ता ढुवानीका साधनहरुलाइ काठमाण्डौ प्रवेशमा निर्वाध भित्राउने व्यवस्था हुन जरुरी रहेको अनुरोध चेम्बरको छ ।

समाचार वर्गहरू