नाउपामा रेशम-रञ्जिता मतभेद झन् चुलियो

29
फाइल फोटो

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच मतभेद झन चुलिएको छ।

अध्यक्ष श्रेष्ठ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)बीच बनेको केन्द्रीय सत्ता गठबन्धनलाई समर्थन गर्दै सरकारमा सहभागी हुने पक्षमा छिन्। उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै आज प्रधानमन्त्रीले पेश गर्ने विश्वासको मतको प्रस्तावमा पक्षमा मतदान गर्न ह्विप जारी गरेकी छिन्।

तर संरक्षक चौधरी निकट पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले पार्टीको केन्द्रीय समितिको संस्थापक केन्द्रीय सदस्यहरूको दुईतिहाई बहुमतले केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने, प्रतिपक्षमा बस्ने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको भन्दै अर्को विज्ञप्ति जारी गरेका छन्।

सोमबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले नयाँ समीकरणलाइ समर्थन नगर्ने  निर्णय गरेको थियो। यद्यपि, उक्त बैठकमा पार्टी अध्यक्ष श्रेष्ठ उपस्थित थिइनन्।

उता सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका संरक्षक चौधरीकै सहमतिमा गत शुक्रबार दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए।

निर्वाचन आयोगले गत फागुन २४ गते रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहन नमिल्ने भनेपछि पार्टीको आधिकारिक अध्यक्ष आफू भएको र आफ्नो सहमति विपरीत कसैले निर्णय गरेमा कारबाही गर्ने श्रेष्ठले बताउँदै आएकी छिन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू